उपचारका लागि प्रचण्डपत्नी सीता हरिद्वारस्थित रामदेवको आश्रममा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचारका लागि हरिद्वारस्थित रामदेवको आश्रममा पुगेकी छिन् ।

उपचारका लागि कहिले सिंगापुर कहिले अमेरिका जाने गरेकोमा पछिल्लोपटक भने दाहालपत्नी सीता आयुर्वेदिक उपचारका लागि हरिद्वारमा रहेको पतञ्जली योगपीठ पुगेकी हुन् ।  

नेकपा नेता मातृका यादव र छोरी गंगासहित हरिद्वार पुगेकी सीताले योगपीठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छिन् । छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सोबारे जानकारी गराएकी हुन् ।   

रामदेव र बालकृष्णसँगको फोटो सार्वजनिक गर्दै छोरी गंगाले फेसबुकमा लेखेकी छन्,  ‘ममीको आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी ।’





  • प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार १६:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया