कांग्रेसका प्रवक्ताकाे व्यंग्य : दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिए

काठमाडौं– समाजवादी पार्टी सरकारबाट बाहिरिएको विषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत व्यंग्य गरेका छन् । संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी भएको समाजवादी सरकारबाट बाहिरिएपछि शर्माले के ‘मेहन्दी’ बदलिइरहन्छ कपाल रहेसम्म ? भनेर ट्विट गरेका छन् ।

सत्तासाझेदार नेकपासँग असन्तुष्टि बढ्दै गएपछि समाजवादी पाटीका तर्फबाट मन्त्री बनेका उपप्रधान एव‌ं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका छन् । 

उनीहरुले राजीनामा गरेको केही घण्टापछि शर्माले ट्विटरमा लेखेका छन्, ‘संविधान संशोधन नभई सरकारमा नजाने, युवाले बगाएको रगतको अपमान नगर्ने, आफैँले खाएको शपथ भुलेर त्यो रगतलाई बहुमतको शिरमा दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिएका छन् ।’





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १७:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया