सेयर बजारमा तीन अंकको गिरावट

काठमाडौं– साताको अन्तिम दिन सेयर बजारमा तीन अंकको गिरावट आएको छ । नेप्से ३ दशमलब २९ अंकले घटेर १ हजार १ सय ६६ दशमलब २१ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि १ दशमलब १० अंकले घटेर २ सय ५२ दशमलब १८ अंकमा पुगेको छ । 

बिहीबार बजारमा १ सय ७० कम्पनीका १६ लाख ६० हजार ४ सय ६ कित्ता सेयर ५३ करोड २२ लाख ११ हजार २ सय ११ रुपैयाँमा कारोबार भए ।

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचकमध्ये तीन समूह उकालो लागे भने नौं समूह ओरालो लागे ।

शिवम् सिमेन्टका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर ९ करोड २१ लाख ४९ हजार ७ सय ५९ रुपैयाँमा कारोबार भएको छ ।

जोशी हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक ८ दशमलब ३३ प्रतिशत कमाए । त्यसैगरी, हाइड्रो इलेक्टिसिटीका लगानीकर्ताले सर्वाधिक सात दशमलब ५८ प्रतिशत सेयर मूल्य गुमाए ।





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १७:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया