कांग्रेस र राजपाले टुङ्गो लगाए राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको छ । शनिबार नै बसेको राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको बैठकले पनि राष्ट्रिय सभाका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको छ । 

कांग्रेसले शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाएको हो । 

कांग्रेसले प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । कांग्रेसले नै प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यकको कोटामा भोला पन्जियारलाई उम्मेदवार बनाउने निष्कर्ष गरेको छ । प्रदेश २ मा कांग्रेसले समाजवादी पार्टीलाई दुई सिटमा सघाउने भएको छ । 

कांग्रेसले प्रदेश ३ मा छलीकुमारी शर्मा उपाध्याय र हरिशरण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ ।

कर्णाली प्रदेशका लागि कांग्रेसले सावित्री पौडेल र अन्यबाट डिल्लीराम पाठक  तथा सुदूरपश्चिम प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

राजपाले चाहिँ प्रदेश २ मा मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : पुस १९, २०७६ शनिबार १७:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया