नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

काठमाडौं– साताको पहिले दिन नै धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५१ विन्दुले बढेर २५५.६९ मा पुगेको छ । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कुल १ सय ७३ कम्पनीको २० लाख ८२ हजार ८ सय ७४ कित्ता सेयर ७१ करोड २४ लाख २५ हजार ८ सय २७ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका कुल १२ उपसमूहको नै सेयर बढेको छ । बैंकिङ १६.७४, व्यापार ६.३५, होटल १०.६४, विकास बैंक १९.३६, जलविद्युत् ८.६७, वित्त ३.८६, निर्जीवन बिमा ५९.२९, उतपादन २.३९, अन्य २.७७, लघुवित्त ४०.२४, जीवन बिमा ८३.६८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको पाँच करोड ६२ लाख २७ हजार ३ सय ८४ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एसियाको चार करोड ३४ लाख ४१ हजार १ सय २८, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको चार करोड २१ लख ५३ हजार ४ सय ५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड पाँच लाख ४६ हजार ६ सय ६६, हिमालयन डिस्टिलरीको दुई करोड ५० लाख १८ हजार ५ सय १८, नागरिक लगानी कोषको दुई करोड ३२ लाख ३७ हजार ३ सय ७९ र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एक करोड ९१ लाख २५ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार आइतबार बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.५४, श्रीराम सुगर मिल ७.६९, सप्तकोशी डेभलपमेन्ट बैंक ७.३८, कञ्चन डेभलपमेन्ट बैंक ७.१८, सिनर्जी पावर ६.७४ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशतले कमाए । 

यस्तै, नेपाल फाइनान्स ५.६३, कर्पोरेट डेभलपमेन्ट बैंक ५.१२, पञ्चकन्या माई हाइड्रोपावर ३.४४, सिद्धार्थ इक्विटी फन्ड २.७७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर २.१३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १७:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया