कास्की– स्याङ्जाको पुतलीबजारकी २६ वर्षीया सुनिता पौडेल प्रधानले बिहीबार चम्ल्याहा शिशुलाई जन्माएकी छिन् । उनले पोखराको मणिपाल कलेजमा ती शिशुलाई जन्माएकी हुन् ।
सुनिताले जन्माएका चार शिशुमध्ये तीनजना छोरी छन् भने एकजना छोरा छन् । उनको शल्यक्रियामा मणिपाल कलेजका डाक्टर महेन्द्र पाण्डेको टोली संलग्न थियो ।
नवजात शिशुमध्ये दुईजनाको तौल १.३ किलोग्राम छ भने अन्य दुईको तौल क्रमशः १.४ किलोग्राम र १.६ किलोग्राम छ । हाल नवजात सबै शिशुको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।