एमसिसी नेपालको हितमा छ : कांग्रेस सभापति देउवा

दाङ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा रहेको बताएका छन् । उनले यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले एमसिसीमा कांंग्रेसको पूर्ण समर्थनमा रहेको र जसरी पनि संसद्‍बाट पारित हुने बताए ।

देउवाले एमसिसी नेपालको विकासका सन्दर्भमा यो मुटु नै भएको दाबी गर्दै यो पारित भए विद्युत व्यापार र विस्तारमा महत्त्वपूर्ण काम हुने बताए ।

यसबारे भ्रममा नपर्न आग्रह गर्दै उनले अमेरिकी राजदूतावासले यो सैन्यगतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको बताए । 





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १६:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया