ए डिभिजन लिग : आर्मीलाई स्पष्ट अग्रता

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानको होडमा त्रिभुवन आर्मी क्लबले आफूलाई केही सहज बनाएको छ । च्यासल युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै आर्मीले लिगमा दोस्रो स्थानको मछिन्द्रसँग ३ अंकको स्पष्ट अग्रता लिएको छ ।    

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीको जितका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ तथा सन्तोष तामाङले १–१ गोल गरे । ५८औँ मिनेटमा गोल गर्दै भरतले आर्मीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७३औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रतालाई दोब्बर बनाए । उनले सेसेहाङ आङदाम्वेको पासलाई सदुपयोग गरेका थिए ।

च्यासलका छिरिङ गुरुङले आर्मीका नवयुग श्रेष्ठलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै खेलको ८८औँ मिनेटमा सन्तोष तामाङले आर्मीको जित सहज बनाएका थिए । आर्मीका भरत खवास खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

आर्मी ७ खेलबाट १६ अंक जोडेको छ भने दोस्रो स्थानको मछिन्द्रले समान खेलबाट १३ अंक जोडेको छ । हारपछि च्यासल ७ खेलबाट ६ अंक जोड्दै लिगको १२औँ स्थानमा यथावत् छ ।  





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १७:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया