काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले प्रतिनिधिसभाका लागि सभामुख उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ आफूले गर्न नमिल्ने बताएका छन् ।
आफूले सापकोटाविरुद्धकै अर्को मुद्दामा सर्वोच्चको न्यायाधीश हुनुअघि कानुन व्यवसायीका रुपमा बहस गरेकाले नैतिकताका आधारमा सो मुद्दा हेर्न नचाहेको बताएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सो रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिदिएका थिए ।
न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका हुन् । फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ ।
यता संसदमा भने आजै सभामुखको निर्वाचन हुनेछ । सभामुखका लागि एक मात्र उम्मेदवार भएकाले सापकोटा आजै निर्वाचित हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।