काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको पाएको छ । यसअघि चीनबाट आएका एक युवकमा देखिएको सो भाइरसको संक्रमण थप एकजनामा पनि देखिएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ ।
कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत दुईजनामध्ये एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।
चीनबाट नेपाल आइपुगेका २८ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ । उनको रगत परीक्षणका लागि हङकङ पठाइएको थियो ।
रगतको सो नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो । ती युवकसँगै अस्पताल भर्ना भएकी ४८ वर्षकी महिलामा भने भाइरस संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।