अफगानिस्तानमा विमान दुर्घटना

एजेन्सी– अफगानिस्तानमा विमान दुर्घटना भएको छ । विमान अफगानिस्तानको राजधानी काबुलबाट दक्षिण–पश्चिम पर्ने गजनी प्रदेशमा दुर्घटना भएको त्यस प्रदेशका प्रवक्ताले पुष्टि गरेका छन् ।
 
प्राविधिक गडबडीका कारण विमानमा आगो लागेर दुर्घटना भएको हो । सुरुमा दुर्घटनाग्रस्त विमान एरियाना एयरलाइन्सको हो भन्ने सूचना बाहिर आएको थियो, तर एरियानाले उक्त विमान आफ्नो नभएको बताएको छ । 

एयरलाइन्सका एक प्रतिनिधिले भने, ‘एरियानाबाट सबै विमान आफ्नो गन्तव्यमा पुगिसकेका छन् । दुर्घटना भएको विमान हाम्रो होइन ।’

दुर्घटनामा के–कति क्षति भयो भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १७:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया