म निहुँ खोज्ने मान्छे मात्र हाेइन, मध्यमार्गी नेता हुँ : रामचन्द्र पाैडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफ्नो छवि मध्यमार्गी नेताको रुपमा रहेकाे बताएका छन् । उनले आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् ।

मंगलबार प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको र अहिले पनि निहुँ मात्र नखोजेको बताएका हुन् ।

अहिले पार्टीलाई विधिमा चलाउने लडाइँ चलेको उल्लेख गर्दै उनले भने, ‘यो लडाइँमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ, म निहुँ खोज्ने मात्र व्यक्ति त होइन नि !’

कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिइरहेको बताउँदै पौडेलले अहिले पार्टीलाई पद्धतिमा अगाडि बढाउने कि लाटलुट हाटहुटमा कब्जा गर्ने भन्ने विषयमा लडाइँ भइरहेको टिप्पणी गरे ।

सरकारको कार्यशैलीका विरुद्धमा कांग्रेस एक भएर लड्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्न नहुने बताउँदै पौडेलले मिलेर अघि बढ्न सबैलाई आग्रह गरे । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १४:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया