सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा उद्घाटन

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । 

कार्यक्रममा सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ्ग, संचालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रमुख तथा सो क्षेत्रका अन्य व्यक्तिहरुको सहभागिता थियो । 

कार्यक्रममा पृथ्वीसुब्बा गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले कार्य गरेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली हुन बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ र सिभिल बैंकको यो शाखाले यो क्षेत्रको वित्तिय गतिविधिमा बढावा दिनेमा विश्वस्त छु ।’

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचत कर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्कतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए । 

बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ्गले सिभिल बैंकलाई यहाँसम्म पु¥्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सिभिल बैंकका हालसम्म ४,१५,००० भन्दा बढी ग्राहक छन् । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार २०:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया