कांग्रेस ढुलमुले, सम्झौतापरस्त र दलाल : नेकपा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई दलालको संज्ञा दिएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कांग्रेसको चरित्र चित्रण गर्दै नेकपाले कांग्रेस सम्झौतापरस्त र दलाल भएकाे आरोप लगाएकाे‍ छ । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ – आज नेपाली समाजको राजनीतिक र सामाजिक रूपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरूमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै आमदेशभक्त र श्रमजीवी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो ।

प्रतिवेदनमा अगाडि भनिएको छ– नेपाली कांग्रेस मूलतः पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन । तथापि, संविधान कार्यान्वयन र लोकतान्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन कांग्रेससँग आवश्यकताअनुसार सहकार्य गर्नुपर्छ । सहकार्य गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन ।

नेकपाले अन्य साना दल, क्षेत्रीय पार्टी र साना वाम शक्तिलाई आर्थिक–सामाजिक रूपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनुपर्ने र उनीहरुसँग आलोचना, सहकार्य र एकताको नीति लिने बताएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १८:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया