मृत भेटिए अछाममा वडाध्यक्ष

अछामको पञ्चदेवल विनायक नगरपालिका‍-२ माथिल्लो विनायकका वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेका छन् । अनुहारभरी रगत लत्पतिएको अवस्थामा गैरीगाउँमा उनको शव भेटिएको छ । 

माथिल्लो विनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैंसी गोठभित्र उनको शव भेटिएको कांग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए । मंगलबार बिहान ७ बजे भैंसीलाई घाँस हाल्न गोठमा गएकी महिलाले शव देखेपछि घटना बाहिर आएको हो ।

 घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको अछामका प्रहरी प्रमुख डीएसपी दिपक भारतीले बताए । प्रहरीले शवको अवस्था हेर्दा हत्याको आशंका गरेको छ । मृत भेटिएका ४० वर्षीय धामी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।    





  • प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार ११:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया