बाबुरामले भने– निलकण्ठ बन्न तयार छु
फाइल तस्वीर ।

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणको विषयमा मुख खोलेका छन् । 

बालुवाटारस्थित ललिता निवास भ्रष्टाचार काण्डमा उनी समेत मुछिएको खबर सार्वजनिक भएपछि अध्यक्ष भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् मुख खोलेका हुन् । 

दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने काम नहोस् भन्दै बाबुरामले उपदेशमार्फत् आफू निलकण्ठ बन्न तयार भएको बताएका छन् । 

उनले भने, ‘मैले पनि असहजता महसूस गरेको छु । सुर–असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ।’ 

बाबुरामले जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् भन्दै ट्वीटरमा लेखेका छन् । 





  • प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार १२:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया