रुसी मिडियाले भने— कोरोना भाइरस अमेरिकी षडयन्त्र, पुटिनसँग भेट्नेलाई मेडिकल चेकअप
रुसी च्यानलमा देखाइएकाे एक दृश्य ।

एजेन्सी– चीनमा कोराना भाइरसले निकै ठूलो कहर दिएको छ । चीनमा मात्र होइन, विश्वमा नै अहिले कोरोना भाइरसका कारण चिन्ता बढेको छ । तर, यसबारे विश्वका विभिन्न देशमा यसबारे अनेक कुराहरु पनि आइरहेका छन् । 

केही ठाउँमा चाहिँ कोराना भाइरसबारे कन्स्पिरेसी थियोरीले काम गर्न थालेका छन् किनकि यसलाई अमेरिकी षडयन्त्र भन्न थालिएको छ ।

त्यसैले अब इन्टरनेटमा यसबारे विभिन्न धारणा पनि बाहिर आइरहेका छन् । 

रुसी मिडियामा पनि यसबारे फरक धारणा प्रसारण गर्न थालिएको छ । रुसी टिभी च्यानलहरुमा कोरोना भाइरसलाई पश्चिमा देशको षडयन्त्र भन्न थालिएको छ । अनि अमेरिकाको यसमा ठूलो हात रहेको बताउन थालिएको छ ।

एक रुसी च्यानल च्यानल वानले आफ्ना कार्यक्रममा कोरोना भाइरसलाई कन्स्पिरेसी थियोरीका रुपमा चर्चा गर्न थालिसकेका छन् । कार्यक्रममा अमेरिकी षडयन्त्रका कारण कोरोना भाइरस फैलिएको चर्चा गर्न थालिएको छ ।

रुसी भाषामा कोरोनाको अर्थ ताज हो । रुसी च्यानलमा यही शब्दलाई प्रयोग गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्तिशाली हुन यस्तो गरेको आरोप लगाउन थालिएको छ ।



अनि यसलाई ट्रम्प विभिन्न सौन्दर्य प्रतियोगितामा समावेश भएको विषयसँग जोडिएको छ ।

खासमा यो कोरोना भाइरसको नाम पनि यसको आकृति ताजजस्तै देखिने भएकाले राखिएको थियो ।



रुसमा चाहिँ यसमा ट्रम्पको षडयन्त्रको आभास भेटिएको भन्दै कार्यक्रममा भनिएको छ, ‘यो हामीले बकवास भनिरहेका छौँ जस्तो लाग्न सक्छ, मलाई पनि त्यस्तै लागेको थियो । तर, हाम्रा रिपोर्टरले यसबारे खोजतलास गरेर वास्तविकता भेटेका छन् ।’ 

च्यानल वानको त्यो कार्यक्रममा एक रिपोर्टरले एशियाली मानिसमा मात्र यो भाइरस देखिएकाले यसलाई नस्लीय हतियारको समेत संज्ञा दिएका छन् ।

अर्कोतिर, रुसी अधिकारीहरु पनि यो भाइरसका कारण चिन्तित भएको बताउँदै आएका छन् । रुसमा पनि चिनियाँ विमानहरुलाई प्रवेश निषेध गरिएको छ । चीनमा फसेका केही रुसी व्यक्तिहरुलाई रुसमा फर्काएर साइबेरियाको एउटा स्वास्थ्य केन्द्रमा राखिएको छ ।

त्यति मात्र होइन, रुसी मिडियामा आएको समाचारअनुसार त्यहाँ राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न खोज्ने सबैलाई पहिले मेडिकल चेकजाँच अनिवार्य गरिएको छ ।

  • प्रकाशित मिति : माघ २६, २०७६ आइतबार ११:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया