बाराको कलैयामा सिभिल बैंकको १०८औँ शाखा

काठमाडौं– सिभिल बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । 

बिहीबार एक कार्यक्रमका बीच सिभिल बैंकका सञ्चालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको समुद्घाटन गरे । 

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सिसिटिभी क्यामेरा प्रदान गरियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक रहेको र ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५० अर्ब कर्जा लगानी गरेको बैंकले जनाएको छ । 

यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेकोे पनि बैंकले जनाएको छ ।

      




      
  


 



  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार १७:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया