शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, आजै शपथ

काठमाडौं– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छिन् । शिवमायाले कानुनमन्त्रीका रुपमा आज नै शपथ लिँदैछिन् । 

आज दिउँसो साढे तीन बजे राष्ट्रपतिसमक्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ उनले लिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

यसअघि यो मन्त्रालयको जिम्मेवारीमा समाजवादी पार्टीका उपेन्द्र यादव थिए । समाजवादी पार्टीले सरकारको समर्थन फिर्ता लिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

अब कानुन मन्त्रालयमा शिवमायालाई जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्रालयमा पूर्वमाओवादीबाट एक नेतालाई प्रतिनिधित्व गराइने सम्भावना योसँगै बढेको छ ।





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १२:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया