दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ४० नेपाली कामदारको उडान स्थगित

काठमाडौं– इपिएसमार्फत कोरिया जान तयार ४० नेपाली कामदारको उडान स्थगित भएको छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले उनीहरुको उडान रद्द गरेको हो ।  

इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालका अनुसनर केही दिनयता कोरियामा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले फागुन १८ गतेको प्रस्तावित उडान स्थगित भएको हो । गत साता मात्रै इपिएसमार्फत १०३ जना कामदार कोरिया गएको उनले जानकारी दिए । तत्कालका लागि प्रस्तावित उडान सारिएको र अब कोरियन दूतावाससँगको छलफल गरेपछि मात्रै उनीहरुको नयाँ उडानको मिति तय हुने खनालले बताए । 

कोरोना भाइरसका कारण आइतबारसम्ममा कोरियामा ५ जनाको मृत्यु भएको छ भने साढे पाँच सयभन्दा बढी मानिस संक्रमित छन् । थेगु प्रान्तमा धेरै संक्रमित भएकले सो स्थानलाई प्रारम्भिक केन्द्रविन्दु मानिएको छ ।

आइतबार कोरियामा रहेको नेपाली दूतावासले थेगुमा रहेका नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ । कोरियामा रहेका झन्डै ४० हजार नेपाली कामदारमध्ये थेगुमा मात्र ७ हजार छन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार १८:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया