पत्नीले पतिकी प्रेमी फेला पारेपछि...

एजेन्सी– भारतको गुजरातमा २२ वर्षकी एक महिलाले प्रहरीमा अनौठो उजुरी दिएकी छिन् । उनले पूर्वप्रेमीकी पत्नी र उनीहरुका साथी मिलेर आफूलाई एसिड आक्रमण गर्ने धम्की दिएको बताएकी छिन् । 

पीडितका अनुसार उनी गिरिश गोस्वामीको कपडा पसलमा काम गर्थिन्, त्यहाँ नै उनको गिरिशसँग प्रेम बसेको थियो । पछि उनले पसल छोडेपछि गिरिशको विवाह भएको थियो । 

तर, गिरिशकी पत्नी जानु गोस्वामीले आफूलाई भेटेर गुप्ताङ्गमा खुर्सानीको धुलो छरिदिएको र एसिड आक्रमण गर्ने चेतावनी दिएको भन्दै उनी प्रहरीकहाँ पुगेकी हुन् । प्रहरीले आरोपीहरु सबैलाई गिरफ्तार गरेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार २०:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया