‘अब भारत—पाकिस्तान भिड्नेछन्’

एजेन्सी— भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले अब हुने एशिया कपमा भारत र पाकिस्तानबीच खेल हुने बताएका छन् । 

कोलकातामा मिडियासँग कुराकानी गर्दै गांगुलीले यसको जानकारी दिएका हुन् । यसअघि एशिया कपमा पाकिस्तानले भाग लिएमा भारत नखेल्ने भनिएको विषयलाई गांगुलीले खण्डन गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘अबको एशिया कप दुबईमा हुँदैछ,’ गांगुलीले भनेका छन्, ‘त्यसमा दुवै देश खेल्नेछन् । भारत—पाकिस्तान भिड्नेछन् ।’

सेप्टेम्बरमा हुने एशिया कप खासमा पाकिस्तानमा हुँदै थियो । तर, भारतीय खेलाडीले सुरक्षाको प्रश्न उठाएपछि एशिया कप दुबईमा गर्न लागिएको हो ।

भारत र पाकिस्तान सन् २०१२—१३ देखि कुनै पनि द्विपक्षी सिरिज खेलेका छैनन् । त्यति बेला पाकिस्तानी टिम एउटा सिरिजका लागि भारत पुगेको थियो । दुवै देशबीच चलिरहेको राजनीतिक तनावका कारण यी दुई देश केवल आइसिसीको टुर्नामेन्टमा मात्र एकअर्कासँग खेलेका छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार ७:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया