गुल्मीमा सातामै दुई बेवारिसे शव

गुल्मी– गुल्मीमा एक सातामा दुई व्यक्तिको बेवारिसे शव फेला परेको छ । शुक्रबार धुर्कोट गाउँपालिका-१ नयाँ गाउँमा ७० वर्षीय वृद्धको शव फेला परेको छ । नजिकैको जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरूले वृद्धको अर्ध नग्न अवस्थामा शव फेला पारेका थिए । 

शव देखेपछि प्रहरीलाई खबर गरिएको वडा सदस्य चेतमान कुवंरले बताए । स्थानीयबासीले पहिचान गर्न नसकेपछि आवश्यक प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक चुरामणि पुनले बताए । 

त्यस्तै गत ११ फागुनमा अन्दाजी ५० वर्षीय बेवारिसे पुरुषको शव गुल्मी अस्पतालको शव गृहमा रहेको छ । मृत्यु भएको ६ दिनसम्म कसैले खोजी नगरेकाले अन्य कानुनी प्रक्रिया पूरा गरी दाहसंस्कारको लागि रेसुङ्गा नगरपालिकालाई बुझाउने तयारी भएको प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । सदरमुकाम तम्घासकै बाल मन्दिरमा बिरामी अवस्थामा भेटिएका ती व्यक्तिको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार ८:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया