नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा एक कार्यक्रममा सम्बोधन गरेर आफू बसेको सिटमा फर्किँदा उनलाई जुत्ता प्रहार भएको हो । 

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेकपाका नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर प्रचण्ड अगाडि मन्चमा आफ्नो सिटमा फर्किँदै थिए । त्यही बेला दर्शकदीर्घाबाट उनीमाथि जुत्ता प्रहार भएको हो । 

तर, जुत्ताले उनलाई लागेन । 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १६:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया