प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन सिरुवालाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाडौं– आइतबार राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन सिरुवालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारसम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभा आइतबार सभागृहमा सम्पन्न भएकाे थियो । सो कार्यक्रमलाई सम्बोधन गरेर आफ्नो आसनमा फर्कने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । तर, जुत्ताले उनलाई लागेको भने थिएन । 

लगत्तै पक्राउ परेका रतन अहिले प्रहरीनियन्त्रणमै छन् । उनलाई हिरासतमा राख्न प्रहरीले जिप्रकासँग अनुमति मागेको थियो ।

सो घटनाको छानबिनका लागि प्रहरीले ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ । समिति अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा गठन गरिएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १६:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया