एकैदिन तोलामा २२ सयले महङ्गियो सुन, मूल्यमा नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । बुधबार सुनको मूल्यमा एकै पटकमा २२ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार योसँगै अब सुन ८० हजार पाँच सय प्रति तोलामा कारोबार हुन थालेको छ । 

यसअघि नेपाली बजारमा सुन केही दिनअघि मात्र ८० हजार ३ सय पुगेको थियो । तेजाबी सुनको मूल्य बुधबार ८० हजार ३ सय तोकिएको छ । 

मंगलबार नेपाली बजारमा सुनको मूल्य ७८ हजार ३ सय थियो । पछिल्लो समय कोरोना भाइरसका कारण विश्वभर देखिएको आर्थिक मन्दीका कारण सुनको मूल्य आकासिएको हो । 

विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २००८ को जस्तै आर्थिक अवस्था आएको बताउन थालिएको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १२:५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया