सेयर बजारमा एकै दिन तीनपटक नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार बन्द

काठमाडौं– मंगलबार सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार बन्द भएको छ । कारोबार सुरु भएको एक घण्टा वित्न नपाउँदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलोपटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको थियो ।

त्यसपछि १२ः२० मा खुलेको सेयर कारोबार दोस्रोपटक १२ः३० मा ५.०२ प्रतिशतले बजार घटेर पुनः ब्रेक लाग्यो । ६ प्रतिशतले घटेपछि तेस्रोपटक ब्रेक लागेको छ । १ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेको थियो ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

योसँगै नेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ । सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।ब्रेक लागेको अवस्थामा पहिलो घण्टा २० मिनेट, दोस्रो घण्टा ४० मिनेट र त्यसपछि ब्रेक लागे दिनभरकै कारोबार स्थगन हुने व्यवस्था छ ।

ब्रेक लागेर कारोबार स्थगन भएसँगै मंगलबार नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १३४९ दशमलव ३१ अंकमा झरेको छ भने कारोबार रकम १ अर्ब ७ करोड रुपैयाँमै रोकिएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १६:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया