बिजेपीमा प्रवेश गरे ज्योतिरादित्य सिन्धिया

नयाँदिल्ली– भारतीय कंग्रेस पार्टीको मध्यप्रेदश महासचिवबाट राजीनामा गरेका ज्योतिरादित्य सिन्धिया सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)मा प्रवेश गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेससँगको १८ वर्ष लामो सहकार्य तोड्दै उनी बुधबार औपचारिक रुपमा बिजेपी प्रवेश गरेका हुन् । 

उनलाई बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नाडाले पार्टी पार्टी प्रवेश गराउँदै पार्टी मुख्यालय नयाँ दिल्लीमा स्वागत गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सिन्धियाले आफूलाई बिजेपीमा स्थान दिएकोमा पार्टी अध्यक्ष जेपी नाडा, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमीत शाहलगायतलाई धन्यवाद दिएका छन् ।

मध्यप्रेदशमा कांग्रेसले जनताको सेवा नगरेको आरोप लगाउँदै सिन्धियासँगै मध्यप्रदेशका २२ कांग्रेस सांसदले पदबाट राजीनामा दिएका थिए । उनीहरुले मंगलबार नै मध्यप्रदेशका गभर्नर लालजी टन्डनलाई राजीनामा बुझाएका थिए । मध्यप्रेदशका २२ कांग्रेस सांसदको राजीनामासँगै कांग्रेस नेतृत्वको कमल नाथ सरकार अल्पमतमा परेको छ । 

बुबा माधव राव सिन्धियाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सन् २००१ मा राजनीतिमा प्रवेश गरेका थिए । सन् २०१९ सम्म सिन्धिया मध्यप्रदेशको गुनाबाट सांसद थिए । 





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १६:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया