म दबाबमा काम गर्दिनँः अनुस्का

भारतीय अभिनेत्री अनुष्का शर्मा ती अभिनेत्रीहरुमा पर्छिन् जसले छोटो समयमा नै आफूलाई बलिउडमा स्थापित गरिन् । थोरै काम गर्ने तर राम्रो काम गर्ने भएकाले पनि हुनुपर्छ, उनको बर्चस्व अत्यन्त छोटो समयमा भारतमा स्थापत भइसकेको थियो । 

तर, उनी अहिले पछिल्लो केही समययता ठूलो पर्दामा देखिएकी छैनन् । अनि यसको कारण उनले आफूले गर्न सक्ने काम मात्र लिने भएकाले हो भन्ने तर्क गरेकी छिन् । 

‘मलाई एउटा कलाकारका रुपमा सधैं राम्रो गर्ने मन हुन्छ,’ उनले भनेकी छिन्, ‘मैले सधैं नयाँ केही कुरा छ भने त्यसलाई स्वागत गरेकी छु ।’ अब उनको फिल्म नआएको नै दुई वर्ष भइसकेको छ । यसबीच उनले अब नयाँ स्क्रिप्ट पढिरहेकी छिन् । ‘म विस्तारै काम गर्छु,’ उनले भनेकी छिन्, ‘किनकि म दबाबमा कम गर्दिनँ ।’





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १९:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया