कोरोनाले स्पेनमा मच्चायो बबाल, २४ घन्टामा लियो १०० ज्यान

एजेन्सी– हुन त कोरोना भाइरसले अहिले विश्वका १३४ देशमा ताण्डव मच्चाइरहेको छ र यो सबैका लागि कहर बनेको छ । तर, पछिल्लो २४ घन्टामा कोरोनाको सबैभन्दा बढी खराब रुप स्पेनमा देखिएको छ । 

स्पेनमा आइतबार कोरोना भाइरसका संक्रमितको संख्या थप २ हजार देखिएको छ । त्यहाँ २४ घन्टामा कम्तिमा पनि एक सयको ज्यान कोरोनाका कारण गएको छ । 

इटालीपछि अब युरोपमा दोस्रो सबैभन्दा प्रभावित देश स्पेन बनेको छ ।

स्पेनका अधिकारीहरुले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म त्यहाँ ७ हजार ८ सय व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण निकै बढेपछि स्पेन सरकारले त्यहाँ मानिसहरुलाई घरबाट बाहिर निस्किन प्रतिबन्द लगाएको छ । 

अर्कोतिर, पाकिस्तानमा पनि अब कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार द एक्सप्रेस ट्रिब्यूनमा आएको समाचारअनुसार पाकिस्तानमा ५३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार २३:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया