यसो गर्दा कोरोनासँग बचिन्छ भन्दै फैलिएका ७ झुटा कुरा

चीनमा केही नियन्त्रणमा आए पनि कोरोना भाइरसको संसारभरको संक्रमण अझै रोकिने छाँटकाँट देखिँदैन । यहीबीच कोरोना भाइरस संक्रमणबारे अनेक कुराहरु हाम्रो सामाजिक सन्जालमा आइरहेका छन् । कतिपय यस्ता कुराहरु कुनै पनि आधारमा सत्य छैनन्, न यसबारे अहिलेसम्म केही बाहिर आएको नै छ । 

हेरौँ, हामीले पनि सामाजिक सन्जालमा देखिएका यी कुराः

 

गर्मीमा कोरोना भाइरस सर्दैन
यसको प्रमाण अहिलेसम्म भेटिएको छैन । अहिलेसम्म अत्यन्त धेरै तातो ठाउँमा कोरोना भाइरस नफैलिएको पनि छैन । हो, अत्यन्त धेरै गर्मी हुँदा कुनै पनि भाइरस बाँच्न सक्दैन । तर, तापक्रम बढोस्, कोरोना लाग्दैन भन्ने कुरामा कुनै सत्यता छैन ।

तातो पानीले नुहाउँदा कोरोना लाग्दैन
तातो पानीले नुहाउँदैमा कोरोना भाइरसबाट बचिन्छ भन्नेमा कुनै पनि प्रमाण वा वास्तविकता छैन । इन्फेक्सनबाट बच्नका लागि साबुन पानीले हात धुनु पर्ने कुरा साँचो हो तर तातो पानीले नुहाउँदैमा कोरोना भाइरस सर्दैन भन्नेमा कुनै सत्यता छैन ।

चीनमा बनेका सामानबाट पनि कोरोना भाइरस सर्छ
यस्तो सम्भावना अत्यन्त कम हुन्छ । अहिलेसम्म कोरोना भाइरस विभिन्न तापक्रममा सहजै बाँच्छ भन्ने पनि छैन । अनि चीनमा बनेको सामान भन्दैमा सबैमा कोरोना भाइरस आउँदैन ।



शरीरमा रक्सी स्प्रे गर्दा कोरोनाबाट बचिन्छ
रक्सीको माध्यमबाट स्यानिटाइजर बनाइन्छ भन्ने बाहिर आएपछि कतिपयले रक्सीले शरीरमा स्प्रे गर्दा कोरोना भाइरसबाट बचिन्छ भन्ने उल्लेख गरेका छन् । तर, यो झन् हाम्रो शरीरका लागि बेफाइदाजनक प्रमाणित हुनसक्छ ।

घरेलु जनावरबाट कोरोना फैलिन्छ
अहिलेसम्म घरमा पालिने जनावरहरुबाट कोरोना भाइरस फैलिएको पाइएको छैन । तर, अन्य रोग जनावरहरुबाट फैलिने भएकाले जनावरलाई छोएपछि चाहिँ हातहरु राम्रोसँग धुनुपर्छ ।



एन ९५ मास्क नै प्रयोग गर्नुपर्छ
कोरोना भाइरसबाट बच्न एन ९५ मास्क नै प्रयोग गर्नु पर्ने कुरा आएको छ । तर, यस्तो होइन । आम मानिसहरुले जुनसुकै मास्क प्रयोग गर्दा पनि कोरोना संक्रमणबाट बच्न सकिन्छ ।

माछामासु खाँदा कोरोनाको सम्भावना बढ्छ
कतिपय पोस्टहरुमा पछिल्लो समय माछामासु खाँदा पनि कोरोना संक्रमण बढ्छ भन्ने लेखिएको देखिन्छ । तर, त्यस्तो होइन । पछिल्लो समय माछामासु पकाएर खाँदा कोरोना संक्रमण भएको प्रमाण अहिलेसम्म भेटिएको छैन ।

  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार ०:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया