कोरोना भाइरसः होन्डुरसले पनि लगायो बाहिर निस्किन प्रतिबन्ध

एजेन्सी– कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिँदा होन्डुरसमा पनि सार्वजनिक यातायातहरु चल्न दिइएको छैन । अफिसहरु बन्द गरिएका छन् । सरकारले पब्लिक र प्राइभेट दुवै कम्पनीका स्टाफहरुलाई घर फर्काएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन यो अभियान चलाइएको सरकारले बताएको छ ।

त्यहाँको सरकारले यस्तो अवस्था अब सात दिनसम्म रहने जनाएको छ ।

तर, यहीबीच पनि स्वास्थ्य संस्था तथा अन्य आपतकालीन संस्थाहरु बन्द गरिएका छैनन् ।

यो अमेरिकी देशमा अहिलेसम्म ६ जना मात्र कोरोना भाइरस संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १३:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया