डब्लूएचओले भन्यो– देशहरुले राम्रोसँग कोरोना भाइरस जाँच गरेनन्

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले देशहरुले राम्रोसँग कोरोना भाइरसको जाँच नगरेको भन्दै चेतावनी सन्देश दिएको छ । 

डब्लूएचओका एक निर्देशकले सबै देशहरुले प्रत्येक संदिग्धलाई जाँच गर्नै पर्ने बताएका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशले लिएको कोरोना भाइरसविरुद्धको नीतिबारे देशलाई सम्बोधन गर्ने तयारी गरिरहँदा आएको डब्लूएचओको यो सन्देशलाई विशेष अर्थका साथ हेरिएको छ ।

बेलायतमा मात्र होइन, भारतमा र अन्य देशमा पनि राम्रोसँग जाँच नभएको भन्दै विभिन्न आशंका उत्पन्न भएका छन् । नेपालमा पनि सरकारले कोरोना भाइरसविरुद्ध राम्रो तयारी नगरेको आरोप सुनिन थालेको छ । 

डब्लूएचओ बेलायत सरकारले घरमा आइसोलेसनमा रहेकाहरुलाई जाँच्न नसक्ने बताएको कुराको पनि व्यापक आलोचना भएको छ ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २३:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया