जुही चावलाले किन लुकाएकी थिइन् आफ्नो विवाह ?

एजेन्सी– बलिउड अभिनेत्री जुही चावला आजभोलि ठूलो पर्दाको फिल्मबाट टाढा परिवारलाई ध्यान दिइरहेकी छिन् । उनले आफ्नो करिअर जतिबेला अत्यन्त राम्रो भएको थियो, त्यति बेला जय मेहतासँग विवाह गरेकी थिइन् । तर, उनले त्यति बेला यो विवाह गोप्य नै राखेकी थिइन् । 

अब यतिका वर्षपछि उनले आफूले विवाह गोप्य राख्नुको कारण बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई आफ्नो करिअरको डर थियो । त्यति बेला म काम गर्दै थिएँ, करिअर जारी राख्नु पर्छ भनेर आफूले विवाह गरेको कुरा पनि बाहिर भनेकी थिइनँ ।’

अनि उनले त्यति बेला मोबाइलमा क्यामेरा हुनेहरु नहुने भएकाले यो काम गर्न आफूलाई सहज भएको पनि बताएकी छिन् ।

उनले जयसँग आफ्नो भेट आफू बलिउडमा लाग्नुभन्दा पहिले नै भएको पनि बताएकी छिन् । जुहीको विवाह १९९६ मा भएको थियो । उनका दुई बच्चा जाह्नवी र अर्जुन छन् ।





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १२:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया