चालू आर्थिक वर्षमा विदेश जाने बढे, तर रेमिट्यान्स घट्यो

काठमाडौं– चालू आर्थिक वर्षमा विदेश जाने नेपालीको संख्या बढेको तथ्यांक छ । तर, नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) भने घटेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७६–७७ को ७ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जानकारी दिएको हो ।

गत वर्ष २८.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यो वर्ष ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७५को साउनदेखि माघसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएकामा ०७६ को साउनदेखि माघसम्ममा ५ खर्ब १३ अर्ब रुपैयाँ मात्र प्राप्त भएको हो । 

राष्ट्र बैंकका अनुसार गत वर्षभन्दा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । यस अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको हो । 





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १६:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया