सिनेमा हल, डान्स बार तथा क्लबलगायत मनाेरन्जन क्षेत्र बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं– सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायत  ३० अप्रिलसम्मका लागि बन्द गर्न निर्देशन जारी गरेको छ ।

सरकारद्वारा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार सो निर्णय गरेको हो ।

निर्णयको २ नं. बुँदामा भनिएको छ– सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।

समितिले यसको अनुगमानका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १६:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया