काेराेना भाइरस: सामान्य कसुरका थुनुवालाई रिहा गर्ने सरकारी तयारी

काठमाडौँ — सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।

यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ।

गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो ।

बुधबार सरकारले २५ जनाभन्दा बढी फेला हुन पाउने गरी निर्देशन दिएको थियो ।

बिहीबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ ।

कारागार तथा बालगृह अनाथलयहरुमा मानिसहरुको भीडभाड भएकाले त्यसको संख्या घटाउन के–के गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका छन् ।



 



  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १४:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया