बसबाट खसेर एसइई दिन आएकी किशोरीको मृत्यु

प्युठान– प्युठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्युठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।

उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लंकवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनः काठमाडौंको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।

नेविसंघ र अनेरास्ववियुको माग

नेविसंघ र अनेरास्ववियुले घटनाप्रति दुःख व्यक्त गर्दै यातायात व्यवसायीको लापरबाहीका कारण साे दुर्घटना भएकाे बताएक छन् । भण्डारीको निधनले जिल्लाका यातायात व्यवसायीले चरम लापरवाही ढंगबाट सवारी सञ्चालन गरेको पुष्टि भएको उनीहरुले जनाएका छन् । 

त्यसैले प्रशासन तथा जिल्लाका सरोकार पक्षले यस घटनाको निष्पक्ष छानविन गरी पीडित पक्षलाई कानुनी राज्यको आभास गराउनु प्रशासनको दायित्व भएको जनाउँदै निष्पक्ष छानबिन गरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १४:५६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया