पारस खड्काको अपिलः कोरोना विरुद्ध लड्न हामी सबै एक हौँ

काठमाडौं– नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले अहिले विश्वभर फैलीएको कोरोना भाइरसविरुद्ध लड्न सबै एकजुट हुनु पर्ने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा ५३ सेकेण्डको भिडियो सन्देश पोस्ट पारसले यस्तो अनुरोध गरेका हुन् ।

उनले भिडियोमा भनेका छन्, ‘मलाई थाहा छ यो पक्कै पनि सजिलो समय होइन, अहिलेको यो परिस्थितीमा मेरो व्यतिmगत तथा क्रिकेट टिमको तर्फबाट म के आग्रह गर्न चाहान्छु भने सबैजना घरमा नै बसेर, अत्यावश्क कामबाहेक बाहिर ननिस्किएर नेपाल सरकार तथा सम्वन्धित निकायहरुलाई सहयोग गरिदिनु होला ।’

उनले थपेका छन्, ‘यस्तो कठिन परिस्थितिमा हामीले आफ्नो जिम्मेवारी आफ्नै काँघमा लिनु महत्वपूर्ण छ, मलाई लाग्छ सबैले व्यक्तिगत रुपमा आप्mनो जिम्मेवारी राम्रोसँग वहन गर्ने हो भने हामीलाई आगामि दिनमा निकै सहज हुनेछ ।’

उनले कोरोना भाइरस महामारीविरुद्ध लड्न सबैजना एक हुनु पर्ने बताएका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार ११:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया