भिडभाडसहित पत्रकार सम्मेलन नगर्न सरकारलाई महासंघको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासंघले भिडभाडसहितको पत्रकार सम्मेलन नगर्न सरकारलाई आग्रह गरेको छ । महासंघले सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्दा आधिकारिक सामाजिक सञ्जाल, सञ्‍चारमाध्यम वा प्रेस विज्ञप्तिको माध्यमबाट गर्नुपर्ने सुझाब दिएको छ ।   

पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ– पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपाय अवलम्बन गर्न आग्रह गर्दछ । साथै, महासंघ पत्रकार र सञ्‍चारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गर्दछ ।’ 

महासंघले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । 

समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १७:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया