कोरोना कोषमा पूर्वमन्त्री बाँस्कोटाको एक महिनाको तलब तर अरुलाई आक्षेप लगाएर

काठमाडौं– कोरोना महामारीविरुद्ध लड्नका लागि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गर्यो– केन्द्रीय कोरोना कोष बनाउने । यही कोषमा त्यही बैठकमा नै सबै मन्त्रीहरुले एक एक महिनाको तलब दिने पनि घोषणा गरे । 

केही समयअघि मात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाले पनि त्यो कोषमा आफूले योगदान गर्ने सोचे । 

तर, उनले यसलाई सहज रुपमा भन्न सकेनन् । सायद, उनलाई त्यही विषय निस्किन्छ भन्ने अनुमान भयो । त्यसैले त उनले ट्विटरबाट यो घोषणा गर्दा लेखे– जसले जसरी लिउन्, त्यो उनको आग्रह वा बुझाइको सीमाभित्रको विषय हो । 

बाँस्कोटाले यो विषयमा यसरी लेख्नु पर्ने आवश्यकता नै देखिँदैन । उनले सहजै एक महिनाको तलब कोरोना कोषमा दिने निर्णय गरेको छु भनेको भए हुन्थ्यो !

तर, नेपालीमा उखान छ नि, बनको बाघले खाओस् या नखाओस्, मनको बाघले खाएपछि । यो कुरा उनको सन्दर्भमा मेल खाएको हुनुपर्छ ।

त्यसैले पनि हुनुपर्छ, बाँस्कोटाले यो कुरा ट्विट गरेपछि उनले जति प्रशंसा पाएका छन्, त्योभन्दा बढी आलोचना पाएका छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार ३:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया