कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको बैठकमा आज के भयो ?
निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडा ।

काठमाडौं– मंगलबार सिंहदरबारमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेको थियो । बैठकले सरकारले गरेको आह्वानलाई नेपाली जनतालाई धन्यवाद दिने निर्णय गर्यो । 

सुरक्षासँग सम्बन्धित सबै निकायसँग गरिएको र सीमामा भएका गतिविधिबारे पनि यसबारे निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार अब सीमामा आएका नेपालीलाई आज अन्तिम पटक छोडिनेछ । उनीहरुलाई क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नु पर्ने निर्णय बैठकमा भएको जानकारी डा. खतिवडाले दिएका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य सामग्री ल्याउनका लागि निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय भएको छ । सरकारले बनाएको कोरोना कोषको प्रभावकारी बनाउने पनि खतिवडाले बताएका छन् । उनले अन्यले बनाएको कोषबाट पनि केन्द्रीय कोषमा रकम जम्मा गर्नु पर्ने निर्णय भएको बताएका छन् ।
 





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १६:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया