दिल्लीमा पर्यो पानी, भनियो– यसले कोरोना बगाउँछ !

एजेन्सी– पछिल्लो समय भारतमा पनि कोरोना भाइरसका कारण संक्रमितको संख्या बढ्दै छ । मृतकको संख्या पनि बढेको छ । अनि पछिल्ला ४० घन्टामा त दिल्लीमा एक जना पनि कोरोना भाइरस संक्रमित भेटिएका छैनन् ।

यतिमात्र होइन, दिल्लीमा केही घन्टायता ठूलो आँधीसहित पानी परेको छ । अनि मानिसहरुले यसलाई कोरोना भाइरससँग जोडेका छन् । त्यहाँ पानी परेपछि उनीहरुले कोरोना भाइरस यही वर्षाले बगाउने सूचना सेयर गर्न थालेका छन् । 

तर, कोरोना भाइरसको कहरबीच पानी परेको दिल्लीमा पहिलो पटक होइन । 

केही दिनअघि दुबईमा पनि यस्तै भएको थियो । अनि त्यहाँ पनि यस्तै हल्ला फैलिएको थियो । त्यहाँ पनि मानिसहरुले अब कोरोना भाइरसलाई पानीले बगाउने तर्क गर्न थालेका थिए । 

तर, यसमा कुनै सत्यता छैन । यसबारे चिकित्सक विजय नायरले बताएका छन्– कोरोना भाइरस वर्षाका कारण पखालिँदैन । यसका लागि त जसरी अल्कोहोलिक स्यानिटाइजरको आवश्यकता नै पर्छ ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १८:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया