गुल्मीमा ट्याक्टर दुर्घटनामा चालककाे मृत्यु

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका ४ सेउघाको मसिनापोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा रेसुङ्गा ४ अर्खलेका ६२ वर्षीय शेरबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक राजिव श्रेष्ठले बताए । छल्दीबाट तम्घास आउँदै गरेको लु २ त ८०७२ को ट्याक्टर मंगलबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । 

गम्भीर घाइते बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ट्याक्टर नियन्त्रण नभएपछि सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनाकै बेला घटनास्थल पुगेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गम्भीर घाइते बुढाथोकीलाई आफ्नै गाडीमा गुल्मी अस्पताल तम्घास पुराएका थिए । तर अवस्था गम्भीर भएकाले बचाउन नसकिएको उनले बताए ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार ६:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया