कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सकलाई सुरक्षा उपकरण नदिएकोमा चिकित्सक संघको आपत्ति

काठमाडौं– कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण नदिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले हल्का टीका–टिप्पणी गरेकोमा आपत्ति जनाएको हो । 

नेपालमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)लगायत अन्य सुरक्षा सामग्री नहुँदा कोरोना भाइरसको सम्भावित संक्रमितको उपचार गर्न चिकित्सक र स्वास्थ्यकर्मीहरु डराइरहेका छन् । संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई तुरुन्त सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ ।

कोरोना भाइरस रोकथाम र उपचारका लागि नेपालका चिकित्सकहरु तयार रहेको तर आधारभूत सुरक्षा सामग्री नहुँदा समस्या परेको भन्दै त्यस्ता सामग्री उपलब्ध गराउनुपर्ने संघको माग छ । संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम उपचार प्रक्रियाका लागि आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ ।

महासचिव बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन विमा, स्वास्थ्य विमा र विशेष विमाको व्यवस्था गरी मनोबल बढाउनसमेत नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष अनुरोध गर्दछ ।’

चिकित्सक संघले सरकारी र निजी अस्पताल तथा मेडिकल कलेजले नियमित ओपिडी सेवा बन्द गरी आकस्मिक सेवा र ज्वरो क्लिनिक सञ्चालन गर्न आग्रह गरेको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १४:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया