कोरोना भाइरसका कारण अहिले विश्व निकै प्रताडित भएको छ । भारतमा पनि २१ दिनको लकडाउन आह्वान गरिएको छ । भारतमा बलिउड अहिले ठप्प छ ।
तर, कोरोनाविरुद्धको लडाइँमा बलिउडका केही सेलेब्रिटीहरुले सरकारलाई सहयोग गर्ने बताइसकेका छन् । त्यस्तैमध्ये एक हुन्, अक्षय कुमार । अक्षय कुमारले यसका लागि २५ करोड दिएका छन् ।
अरु अभिनेताहरुले पनि कोरोनाविरुद्ध एउटा रकम सरकारलाई दिएका छन् ।
तर, शाहरुख खानले यसबारे अहिलेसम्म केही भनेका छैनन् । त्यसैले हुनुपर्छ, अहिले सामाजिक सन्जालमा भारतीय प्रयोगकर्ताले साहरुख खानको निकै ठूलो आलोचना गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।