सरकारलाई प्रदीप पौडेलको सुझाब– पोख्रेल र ढकाललाई मन्त्रीबाट बर्खास्त गर

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखेका छन् । 

कांग्रेस केन्द्रीय सदस्य पौडेलले नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका पोख्रेल र स्वास्थ्यमन्त्री ढकाल भ्रष्टाचारमा लिप्त रहेको भन्दै उस्तो माग गरेका हुन् । 

चीनबाट स्वास्थ्य सामग्री खरिदमा उनीहरुले भ्रष्टाचार गरेको उल्लेख गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू तपाईंमाथि भरोसा राख्नलाई संयोजक पोखरेल र मन्त्री ढकाललाई तत्काल पदबाट बर्खास्त गर्नुस् ।’ ब्रह्मलुट गर्नेहरूबाट सरकार संकटमा परेको जनाउँदै उनले यिनीहरुबाट जनताको स्वास्थ्य सुरक्षा नहुने बताएका छन् । 

मन्त्रिमण्डल नै बिचौलियाहरूको समूहजस्तो देखिएको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘ब्रह्मलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा कसरी हुन्छ ? विपत्को नेतृत्व गर्ने सरकारको विश्वास संकटमा परेको छ ।’ 

 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १२:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया