भारतमा लकडाउन नलम्बिने संकेत

एजेन्सी– कोरोनाभाइरस महामारीसँग लड्न भारत सरकारले २५ मार्चदेखि लगाएको २१ दिने लकडाउन नलम्बिने संकेत देखिएको छ । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको लकडाउन २ वैशाखमा सकिँदै छ । 

पछिल्लो समय भारतमा कोरानाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा धेरैको अनुमान छ, लकडाउन लम्बिन सक्छ । 

तर, भारतीय विमान कम्पनीहरुले १५ अप्रिलपछिका टिकटहरु बुकिङ गर्न थालेका छन् । विमान कम्पनी गोएयरले पनि १५ अप्रिलपछि भारतमा घरेलु उडानका लागि टिकट बुकिङ सुरु गरेको छ । यही कारण पनि त्यहाँ अब लकडाउन नलम्बिने संकेत देखिएको बताउन थालिएको छ । 

त्यसो त यसबारेमा भारतीय क्याबिनेट मिटिङमा पनि कुराहरु भएका थिए । तर, त्यो छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । अर्कोतिर प्रधानमन्त्री मोदीले अहिले लकडाउनको अरु विकल्प नभएको बताउँदै आएका छन् । यसका कारण फेरि अर्को २१ दिने लकडाउन पनि हुनसक्ने अनुमान पनि नभएका होइनन् । 

भारतीय मिडियामा केही दिनका लागि लकडाउन खुलेर फेरि अर्को चरणको लकडाउन सुरु हुनसक्ने पनि विश्लेषण प्रकाशन हुन थालेका छन् । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १९:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया