एजेन्सी– भारतको हरियाण गाउँमा केही मानिसहरुले आफ्नो छिमेकमा रहने मुसलमान परिवारमाथि धारिलो हतियार प्रहार गरेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपिल नमानेको भन्दै आक्रमण गरिएको हो ।
हिजो अर्थात् आइतबार राति भारतीय प्रधानमन्त्री मोदीले घरमा रहेका बत्तिहरु निभाएर मैनबत्ती बाल्न अनुरोध गरेका थिए । तर, एउटा परिवारका चार जनाले उनको अपिल नमानेको भन्दै केही हिन्दू छिमेकीले उनीहरुमाथि आक्रमण गरेका हुन् ।
बिबिसीको हिन्दी संस्करणमा आएको समाचारअनुसार कुटाइ खाने चार जना क्रमशः ३६, ३४, ३२ र ३० वर्षका बशीर खान, सादिक खान, नजीर खान र सन्दीप खान हुन् । उनीहरुको अहिले त्यहाँको एक अस्पतालमा उपचार भइरहेको छ ।
मोदीले कोरोनाभाइरसविरुद्धको लडाईंमा एकजुटता देखाउन आइतबार राति ९ बजे ९ मिनेटका लागि घरको बत्ती निभाएर बाल्कोनीमा मैनबत्ती बाल्न अपिल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।