नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसविरुद्धको लडाईंमा अब नयाँ दिल्लीमा पनि दक्षिण कोरियाली मोडल अपनाइने बताएका छन् । यो भाइरसविरुद्धको लडाईंमा दक्षिण कोरियाली रणनीति राम्रो देखिएकाले यस्तो निर्णय लिइएको केजरीवालले बताउका हुन् ।
‘हामीले परीक्षण गरेनौँ भने को संक्रमित भएको छ र को संक्रमित भएको छैन भन्ने थाहा पाउन सक्दैनाँै,’ उनले भनेका छन् ।
केजरीवालले नयाँ दिल्ली सरकारले अहिले पनि टेस्टिङ किट अभावको सामाना गरिरहेको बताएका छन् । अनि पछिल्लो समय अर्डर गरिएका ५० हजार टेस्टिङ किट दिल्ली आएकाले अब कोरोनाभाइरस परीक्षण व्यापक रुपमा अगाडि बताउने उनले बताएका छन् ।
यो शुक्रबारबाट दिल्ली सरकारले १ लाख मानिसको र्यापिड टेस्टिङ गर्ने जनाएको छ ।
अहिले दिल्लीमा कम्तिमा पनि २७७०२ जना सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ । ‘हामी ३० हजार बिरामीको उपचारका लागि ८ हजार अस्पताललाई तयार पारेर राखेका छौँ,’ केजरीवालले बताएका छन् ।
भारतमा अहिले सबैभन्दा धेरै संक्रमितमध्ये ५२३ जना दिल्लीमा भेटिएका छन् । त्यहाँ अहिलेसम्म सात जनाको कोभिड १९ का मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।